
मेरो भलाई नहोस् भनेर साथी सोच्छ
के का लागि सधै मेरो बर्बादी सोच्छ
हाम्रो देशका नेता पनि यस्तै न हुन
छेपारो घर बनाउने कुरा राति सोच्छ
ठुलाले सानोलाई हेप्ने चलन जो छ
झुपडी नउडाउँ कहाँ आँधी सोच्छ
थाहा छैन पुरस्कार ठूलो चुनौती हो
उस्ले पुरस्कारलाई उपाधी सोच्छ
म देशको नक्शामा पर्दिन कि के हो ?
अभावले गुज्रिएको कर्णाली सोच्छ
नारायण काँईलो




