असोज १ गतेदेखि लामाेदुरीका यातायात चल्ने

-


     मनासलु     
     भाद्र १५ गते २०७७ मा प्रकाशित


भदाै १५ गाेरखा ।

सरकारले अन्तर जिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यस्तो जानकारी दिए ।

यसअघि भदौ १६ गतेदेखि अन्तर जिल्ला र यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको मन्त्री खतिवडाले बताए । यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनकाे भनाइ छ ।