
मुक्तक १
आज मुर्कट्टा जस्तो बिरूपी ठानेर गयौ
अरिङ्गालको गोलोमा ढुङ्गा हानेर गयौ
रूप रङ्ग र धनलाई माया गर्दिन भन्थ्यौ
मलाई छोडी धनि व्यक्ति छानेर गयौ
मुक्तक २
मदेखि सर्न थाल्यौ निकै पर पर
लाग्न छोड्यो मलाई तिम्रो भर
घृणा नगर्नू म तिम्रै प्रिय मान्छे हूँ,
तिमी बाहेक मेरो अरू को नै छ र
मुक्तक ३
हर्दम हर्पल अंङ्गालोमा तिम्रै तस्बिर बेरिराछु
जुन बाटो तिमी हिड्थ्यौ त्यही बाटो हेरिराछु
धेरै मायाँ लाग्छ तिम्रो कहाँ गयौ मेरी प्रियसी
केबल तिम्रै कारण आजसम्म श्वास फेरिराछु
श्याम लम्साल
भानू न.पा.-७,बसन्तपुर
चन्दनी तनहूँ




