जनयुद्ध दिवसकाे दिन गाेरखामा ६३ पिन्ट रगत सङ्कलन

-


     मनासलु     
     फागुन १ गते २०८० मा प्रकाशित


गाेरखा । २९ औँ जनयुद्ध दिवसकाे अवसर पारेर गाेरखामा ६३ पिन्ट रगत सङ्कलन भएकाे छ । वाइसियल नेपाल गाेरखाले गाेरखाकाे रक्दान कार्यक्रममा उक्त परिमाणकाे रगत सङ्कलन भएकाे नेपाल रेडक्रस साेसाइटी गाेरखा शाखाका उपसभापति भक्तराम रानामगरले बताए ।

सङ्कलन भएकाे र गत गाेरखालाइ आवश्यक १२ पिन्ट राखेर बाँकी भरतपुर स्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा पठाइएकाे  वाइसियल नेपाल गाेरखाका अध्यक्ष सागर कुमार श्रेष्ठले जानकारी दिए । नागरिकहरुकाे हक हित र अधिकारका लागि २०५२ सालदेखि जनयुद्ध भएकाे र जनयुद्ध थालनी भएकाे २८ वर्ष पुगेर २९ वर्ष पुगेकाे अवसरमा मानिसहरुकाे ज्यान जाेगाउन अत्यावश्यक बस्तु रगतकाे सङ्कलन गरेर एउटा सामाजिक काम गरेकाे प्रत्याभूति आफूहरुलाइ भएकाे विद्यार्थी नेता सुलभ अँगाइकाे भनाइ छ ।