
गाेरखा । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा गाेरखाका पालिकामध्ये बारपाक-सुलिकाेट गाउँपालिकाले उच्चतम अङ्क प्राप्त गरी गाेरखामा प्रथम भएकाे छ ।
बारपाकले पूर्णअंक १०० मा ८७.५ ल्याएकाे छ । गण्डकीकाे ८०.५, शहिद लखनकाे ७५.५, अजिरकोटकाे ७५.५ अंक छ । यसैगरी भिमसेन थापा गाउँपालिका ७५ अङ्क, सिरानचाेक गाउँपालिका ७० अङ्क, गाेरखा नगरपालिका ६६ अङ्क, चुमनुब्री गाउँपालिका ५० अङ्क रहेकाे छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे स्थानीय तह वित्तिय सुशासन जाेखिम मूल्याङ्कन कार्यविधि अनुसार हाल सम्म ५७२ वटा पालिकाकाे नतिजा सार्वजनिक भएकाे हाे । यससमा प्राप्त हुने अङ्कले स्थानीय तहमा शासनप्रणाली राम्राे र नराम्राेकाे सँकेत गर्दछ । उतीर्ण हुनका लागि न्यूनतम ५० अङ्क प्राप्त गर्नुपर्ने प्रावधान रहेकाे छ ।






