
गाेरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेकपा माओवादी गाेरखाकाे सँयाेजकमा छम बहादुर गुरुङलाइ चयन गरेकाे छ ।
साे पार्टीकाे गण्डकी प्रदेश कार्यालयमा आज बसेकाे बैठकले गाेरखा सँयाेजकमा गुरुङलाइ चयन गरेकाे हाे । यसैगरी म्याग्दीकाे सँयाेजकमा शेर बहादुर आचार्य, पर्वतकाे सँयाेजकमा उमाकान्त भूर्तेललाइ जिम्मेवारी प्रदान गरिएकाे प्रदेश सचिव जगन्नाथ सिँखडाले जानकारी दिए ।
सत्ता र पार्टीमा एउटै व्यक्ति भएकाे हुँदा पार्टीकाे निर्णय अनुसार जिम्मेवारी हेरफेर भएकाे माओवादी पार्टीले जनाएकाे छ ।
यस अघि गाेरखाकाे सँयाेजक दिपक तिमिल्सिना थिए । उनी गण्डकी गाउँपालिका अध्यक्ष हुन् । म्याग्दीमा रेशम जुग्जाली मगर थिए उनी पूर्व मन्त्री एवँ बहालवाला निर्वाचित साँसद हुन् । पर्वतकी जिल्ला सँयाेजक राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भइसकेकी छन् ।
गाेरखाका तमु सँविधानसभा सदस्य तथा पूर्व मन्त्री हुन् । उत्तरी गाेरखाकाे धार्चे गाउँपालिका गुम्दा घर भएका गुरुङ सानै देखि नेकपा माओवादी पार्टीमा रहेर काम गर्दै आइरहेका छन् । पार्टी भित्र इमान्दार मध्येका एक रहेका गुरुङ माओवादी पार्टीकाे उच्च तहकाे नेतृत्वमा पुग्ने अठ्ठारसय खाेला क्षेत्रबाट पहिलाे नेता हुन् ।





