भदाै २५ नवलपरासि (बर्दघाट – सुस्ता पूर्व)।
शिक्षाा विकास तथा समन्वय इकाइ नवलपरासी (बर्दघाट – सुस्ता पूर्व) ले एक सूचना प्रकाशित गरी कानुन विपरित राजनैतिक पार्टिकाे कार्यकारिणाी पदमा लागेकाे पाइएमा प्रचलित कानुन अनुसार कारवाही गर्ने जनाएकाे छ ।
यस जिल्लामा अध्यापन गराउने शिक्षकहरु विद्यालय नजाने विद्यालय पुगिहाले पनि पार्टीकाे कार्यक्रम भन्दै वीचै कक्षा छाेडि दिनहुँ पार्टीकाे काममा खटिएकाे पाइएपछि शिक्षाा विकास तथा समन्वय इकाइ कडा रुपमा प्रस्तुत भएकाे हाे ।
शिक्षा ऐन२०२८ (सँशाेधन सहित ) काे दफा १६ (ङ) काे उपदफा ५ (घ) मा भएकाे व्यवस्था विपरीत यस जिल्लाका शिक्षकहरु विभिन्न पार्टीकाे प्रमुख कार्यकारिणी पदमा बसेकाे पाइएकाे हाे ।
ऐन अनुसार शिक्षकले कुनै पनि राजनैतिक पार्टीकाे कार्यकारिणी पदमा बस्न मिल्दैन । पार्टीका प्रमुख पदमा बसेका शिक्षकहरुले भने समन्वय इकाइका प्रमुखकाे सरुवा गराइदिने तर पार्टी नछाेड्ने भन्दै आपसी छलफल गरिरहेकाे एक नेता शिक्षकले बताए । कक्षा छाडेर जग्गा नाप्न जाने शिक्षकहरुलाइ समन्वयले सँरक्षण गरेकाे ती शिक्षकले थप बताए ।
शिक्षकहरु पढाउन छाेडेर पार्टीकाे काममा खटिएकाे पाइएपछि शिक्षाा विकास तथा समन्वय इकाइ कडा रुपमा प्रस्तुत भएकाे हाे ।
हेर्नुहाेस सूचना






