गाेरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले गोर्खा जिल्लाबाट माघ आज ९ गते का लागि झण्डै चार हजार पाँचसय भन्दा धेरै नागरिकहरु काठमाडौको प्रदर्शनमा गएका छन् ।

त्यसका लागि गोर्खा जिल्लाबाट ८७ वटा बस रिजर्भ गरेर काठमाण्डाै तर्फ लागेका हुन् । आधा भन्दा धेरै बस विहानै काठमाण्डाै पुगिसकेकाे जानकारी नेकपा गाेरखाले दिएकाे छ ।
यो समाचार तयार गर्दा सम्म जिल्लाको सहिद लखन,भिमसेन,र गण्डकी, सिरान्चाेक, अजिरकाेट,बारपाक सुलिकाेट, आरुघाट,भीमसेन, धार्चे गाँऊपालिकाबाट हिडेका बसहरु काठमाण्डाै पुगिसकेकाे नेपाल कम्युिनष्ट पार्टी गाेरखाले जनाएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्दै संसद विघटन गरेको भन्दै विरोधमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टीले काठमाण्डाैमा आज विराेध प्रदर्शन गर्दैछ ।






