जीप दुर्घटनाका मृतकहरुकाे पहिचान

शुक्रबार, असार ८, २०८०
0
117

गाेरखा । आज विहान मनकामनामा भएकाे जिप दुर्घटनाका मृतकहरुकाे पहिचान भएकाे छ । मृत्यु हुनेहरुमा  शहिदलखन वडा नम्बर ५ भैँसेटाेलका वर्ष २४ का वीर बहादुर थापा, वर्ष ६४ का धन बहादुर थापा, वर्ष २५ का प्रविन थापा, वर्ष १८ का निराज थापा र वर्ष १७ की नविना थापा रहेका छन् ।

चालक दाेस बहादुर थापा लगायत घाइतेहरु मध्ये ९ जनाकाे आँवुखैरेनी अस्पतालमा उपचार भइरहेकाे छ । तीन जनाकाे चितवन स्थित पुरानाे मेडिकल कलेजमा उपचार भइरहेकाे गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले जानकारी दिए।

घटना लगतै उद्धार कार्यमा नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानीय नागरिकहरु, जनप्रतिनिधि खटेका थिए । उद्धारमा खट्ने सबैलाइ गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले धन्यवाद दिएका छन् । घटनामा मृत्युहुनेहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here