खैरो हेरोइनसहित पतञ्जलि रोडबाट दुईजना पक्राउ

बुधबार, बैशाख १६, २०८३
0
2

काठमाडौँ । प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ घर भएका २५ वर्षीय बाबु मियाँ र भारतको बिहार घर भएका ३० वर्षीय रोनी भन्ने मोहमद अब्दुल्ला छन् ।

वैशाख १४ मा पक्राउ परेका आरोपीहरूको साथबाट १९१ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसपी दुर्गाराज रेग्मीले बताउनुभयाे  ।

आरोपीहरूमाथि जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here