प्रदेश

गण्डकीका मुख्यमन्त्री गुरुङ पदमुक्त

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएका छन् । प्रदेशसभाबाट विश्वासकाे मत पाउन नसकेपछि उनी पदमुक्त भएका हुन् । प्रदेशसभामा भएकाे मतदानमा मुख्यमन्त्री गुरुङले राखेकाे विश्वासकाे मतकाे पक्षमा २७ र विपक्षमा ३० मत खसेकाे थियाे । कुल ५८ सदस्यकाे उपस्थित भए पनि ५७ जनाले मतदान गरेका थिए । पुरा पढौ

शहिदलखन गाउँपालिका ९ नाम्जुङ्ग स्वास्थ्य चौकीलाइ १० थान अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री प्रदान

शहिदलखन,गाेरखा ।  नाम्जुङ्ग जन्म घर भइ विभिन्न ठाउँमा रहेर सेवा गर्ने नागरिकहरुले गाउँमा रहेकाे स्वास्थ्य चाैकीका लागि  अक्सिजन सहितका स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । नाम्जुङ्ग सेवा समाजले रकम संकलन गरी अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेकाे हो । शहिद लखन गाउँपालिका ९ नाम्जुङ्ग रहेको नाम्जुङ्ग स्वास्थ्य चौकीका लागि १० थान अक्सिजन सिलिण्डर र  स्वास्थ्य सामाग्री उपलब्ध गराइएको संस्थाका अध्यक्ष शिव बञ्जाराले जानकारी दिए । बुधबार संस्थाका प्रतिनिधिले शहिद लखन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले, वडा अध्यक्ष राम… पुरा पढौ

खाडी मुलुकका कामदारले पठाए ५६० थान अक्सिजन सिलिण्डर

काठमाण्डाै । नेपालमा अक्सिजन सिलिन्डरको अभावमा दैनिक सयौंले ज्यान गुमाउनु परिरहेको अवस्थामा खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली मजदुरहरुले स्वतस्फूर्त रकम संकलन गरेर नेपाल सरकारलाई ५६० थान अक्सिजन सिलिन्डर पठाएका हुन्। खाडी मुलुक अन्तर्गत ओमन अन्तराष्ट्रिय विमानस्थलबाट आज स्थानीय समय अनुसार दिउँसो २:३० बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत अक्सिजन सिलिन्डर नेपाल पठाएका हुन्। राजदूत पराजुलीले नेपाल र नेपालीलाई आपत परेको बेला अक्सिजन सिलिन्डर नेपाल पठाउन पाएकोमा खुशी व्यक्त गरिन्। उनले… पुरा पढौ

विरामीका घर घर पुग्छन शहिदलखन गाउँपालिका अध्यक्ष थापा

शहिदलखन  गाउँपालिका, गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिकामा काेराेना भाइरस सङक्रमित विरामीहरुका लागि घरमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्न थालिएकाे छ । स्वाव सङ्कलनकाे कामदेखि स्वास्थ्य सामग्री वितरण सम्मका गतिविधिमा स्वास्थ्यका कर्मचारी र  प्रमुख प्रशासकीय अधिकृत सहित पालिका अध्यक्ष रमेश थापा मगर आफै पुग्छन् ।   आज विहानै थापा कोभिड संक्रमितको घरदैलोमा पुगेर स्वास्थ्य कीट बितरण गरेका छन् । जिंक चक्की, भिटामिन सि, सेतो पलाति, ईम्युनोकियर, अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री लिएर विरामीकाे घरघरमा पुगेका हुन् ।  अघिल्लाे साल दाताहरुले दिएका बाँकी… पुरा पढौ

आइतबारबाट निषेधाज्ञा थप कडा पारिँदै, पत्रकारलाई सूचना विभागको पास अनिवार्य

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण बाहिर जान नदिन सरकारले आइतबारदेखि निषेधाज्ञालाई थप कडा पार्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रकाे बैठकले आवागमनलाई थप कडाइ गर्ने निर्णय गरेको हाे । सरकारले काठमाडाैं उपत्यकामा निषेधाज्ञा जारी गरेकाे छ । निषेधाज्ञामा सार्वजनिक सवारीका साधन नचले पनि सडकमा सवारी साधनकाे चाप देखिएकाे छ । निषेधाज्ञा जारी भएका काठमाडौँ उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने, अत्यावश्यक सेवाबाहेक… पुरा पढौ

गण्डकी प्रदेश स्थित भारतसँगकाे त्रिवेणी नाका बन्द

त्रिवेणी, नवलपुर । पूर्वी नवलपरासीको भारतसँग जोडिएको दक्षिणी सीमावर्ती त्रिवेणी नाका बन्द गरिएको छ । नवलपुरमा पहिलो पटक कोरोनाको संक्रमण देखिनासाथ बन्द भएर खुलेको त्रिवेणी नाका कोरोनाको दोस्रो लहर देखिन थालेपछि पुनः बन्द गरिएको छ । कोरोना संक्रमण तीब्र भएको भन्दै नवलपुरका सबै पालिकाहरुले छुट्टाछुट्टै सूचना निकालेर कडाइ गर्ने निर्णय गरेपछि त्रिवेणी नाका बन्द गरिएको हो । भारत जाने र नेपाल आउन चाहने सबैलाई प्रवेश निषेध गरिएको छ । खुला सीमाका कारण हुने अवैध आवत जावत बन्द गरिएको नवलपुर प्रशासनले… पुरा पढौ

शहिदलखन गाउँपालिका जलदेवी मा‍व‍ि गाेरखाका विद्यार्थीहरुले व्यवसायिक शिक्षालाइ प्रयाेगमा ल्याए

शहिदलखन गाउँपालिका, गाेरखा । शहिदलखन गाउँपालिका वडा नम्बर ५ स्थित जलदेवि माध्यमिक विद्यालयमा पुग्ने अवसर मिल्याे । नेपाल सरकारकाे स्वीकृत पाठ्यक्रममा भएकाे पेशा,व्यवसाय तथा प्रविधि शिक्षा विषयका शिक्षक केशव विक कक्षा ७ का विद्यार्थीहरुलाइ वाँसकाे चाेयाबाट डाेकाे र चकटी बनाउन सिकाउँदै गरेकाे पायाैँ । यस अघि साेही पालिका भित्र रहेकाे जनशक्ति मा‍‍.वि.का विद्यार्थिहरु काेही मह काढ्दै थिए त काेही आफ्नै साथिकाे कपाल काट्दै गरेका अवस्थामा अघिल्लाे साता देखेका थियाैँ ।  कक्षा ६,७ र ८ मा पढाइ हुने पेशा,व्यवसाय तथा प्रविधि शिक्षामा… पुरा पढौ

गण्डकी प्रदेश सदरमुकाम पाेखरामा बुधबारबाट कसैलाइ छिर्न नदिइने

पाेखरा । गण्डकी प्रदेशकाे सदरमुकाम कास्कीमा   १५ गते बुधबार बिहानबाट एक साता निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला बाहिरबाट आाउने कसैलाइ पनि प्रवेश गर्न नदिइने  जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार राति सूचना निकालेर जानकारी दिएकाे छ ।  २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा हस्ताक्षरित सूचनामा आदेश अवज्ञा गरे कडा कारवाही हुने उल्लेख छ । पुरा पढौ

गण्डकीमा गाेरखाका दुइ जना मन्त्रि बन्ने पक्का

पाेखरा ।  विहिबार नेपाली काँग्रेस,माअाेवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमाेर्चा नेपालले गण्डकी प्रदेश सरकारका विरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गर्ने भएका छन् । अविश्वासकाे प्रस्ताव दर्ता लगतै मुख्य मन्त्री पृथ्वि सुब्बा गुरुङकाे सरकार ढल्ले लगभग निश्चित भएकाे छ । जसपाका सँसदिय दलका नेता रहेका गाेरखा निर्वाचन क्षेत्र नम्बर २ (ख) का हरीशरण आचार्य र नेपाली काँग्रेसबाट विजयी (क) का प्रकाशचन्द्र दवाडी मन्त्री बन्ने पक्का भएकाे हाे ।  आचार्य र दवाडीले कुन मन्त्रालय पाउँछन् भन्ने टुँङ्गाे विहिबार लाग्ने काँग्रेसका साँसदले जानकारी… पुरा पढौ

मुख्यमन्त्री गुरुङ नेतृत्वकाे सरकार विरुद्ध विहिबार अविश्वासकाे प्रस्ताव दर्ता हुने, मुख्यमन्त्रीका लागि पाेखरेललाइ प्रस्ताव

पोखरा, १ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन माओवादी केन्द्र सहमत भएको छ । कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री बन्ने सम्भावना छ । राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेसँगै नयाँ सरकार गठनका लागि बहुमत सुनिश्चित भएको छ । हाल मुख्यमन्त्रि रहेका पृथ्वि सुब्बा गुरुङ विरुद्ध विहिबार अविश्वासकाे प्रस्ताव दर्ता हुने नेपाली काँग्रेसका साँसदले जानकारी दिएका छन् । अब गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार हटाएर कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)… पुरा पढौ