धार्चेकाे गुम्दामा एक घर एक ग्याँस चुल्हाे फ्रेन्डस अफ सिङ्ला स्टिफटुङ स्विसकाे सहयाेगमा वितरण

आइतवार, चैत्र ८, २०७७
0
606
गुम्दा,गाेरखा । जिल्लाकाे धार्चे गाउँपालिका वडा नम्बर ५ गुम्दा गाउँमा रहेका सबै घरहरुमा एक घर एक ग्याँस चुल्हाे वितरण भएकाे छ । गाउँमा रहेका २८० घरधुरीलाइ फ्रेन्डस अफ सिङ्ला स्टिफटुङ स्विसबाट ग्याँस र चुल्हाे प्रदान गरेकाे छ ।
ग्याँस चुल्हाे हस्तान्तरण गर्दै पूर्व मन्त्रि  छम बहादुर तमुले ग्याँस चुल्हाेकाे प्रयाेगबाट धुवाँले गर्दा स्वास्थ्यमा पर्ने असरलाइ राेक्ने र वनजँगल जाेगाउन सहयाेग पुग्ने बताए । फ्रेन्डस अफ सिङ्ला स्टिफटुङ स्विसले गाेरखाकाे विकट वस्तिमा रहेका सँघर्षशिल जीवन जिउन बाध्य नागरिकहरुका लागि लामाे समयदेखि सहयाेग गर्दै आएकाे बताए । सँस्थाकाे सहयाेगबाट यहाँका नागरिकहरु खुशी भएकाे र सँस्थालाइ धन्यवाद दिइरहेकाे उनकाे भनाइ थियाे ।
यस अघि काेराेना भाइरस सङक्रमणका समयमा उक्त सँस्थाले ११३२ घरधुरीमा खाद्यन्न सहयाेग गरेकाे थियाे ।
ग्याँस र चुल्हाे वितरण कार्यमा पुर्वमन्त्री समेत रहेका छम बहादुर गुरुङ, सम्बन्धित संस्थाका प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधि, राजनैतिक पार्टीका प्रतिनिधिहरुको संलग्नता रहेको थियो । दुइ वर्ष सिङ्लामा ग्याँस चुल्हाे वितरण गरिएकाे थियाे ।
जलवायु परिवर्तनकाे असर हिमाली क्षेत्रमा परेका समयमा ठूलाे सँख्यामा एक साथ ग्याँस चुल्हाे वितरणले वन जाेगाउन सहयाेग पुग्ने वडा अध्यक्ष तुल बहादुर गुरुङले बताए । कार्यक्रमकाे सञ्चालन रमेश गुरुङले सञ्चालन गरेका थिए । गाउँमा   ग्याँस  सहयाेग गर्न पाउँदा आफूलाइ खुशी लाागेकाे सँस्थाका अध्यक्ष साेम गुरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here