पाेखरा । विहिबार नेपाली काँग्रेस,माअाेवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमाेर्चा नेपालले गण्डकी प्रदेश सरकारका विरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गर्ने भएका छन् । अविश्वासकाे प्रस्ताव दर्ता लगतै मुख्य मन्त्री पृथ्वि सुब्बा गुरुङकाे सरकार ढल्ले लगभग निश्चित भएकाे छ ।
जसपाका सँसदिय दलका नेता रहेका गाेरखा निर्वाचन क्षेत्र नम्बर २ (ख) का हरीशरण आचार्य र नेपाली काँग्रेसबाट विजयी (क) का प्रकाशचन्द्र दवाडी मन्त्री बन्ने पक्का भएकाे हाे । आचार्य र दवाडीले कुन मन्त्रालय पाउँछन् भन्ने टुँङ्गाे विहिबार लाग्ने काँग्रेसका साँसदले जानकारी दिए ।
पृथ्वी सुब्बा गुरुङ नेतृत्वका सरकारमा गाेरखाका रामशरण बस्नेत दुइ मन्त्रालयका मन्त्री रहेका छन् भने गाेरखाकै अर्का साँसद लेख बहादुर थापा मगरले मन्त्री पदबाट राजिनामा दिएका छन् ।






