समाचार

मनास्लु हिमालको आधार शिविर आरोहीले भरिँदै

गोरखा । शरद ऋतुमा सबैभन्दा धेरै आरोहण गरिने मनास्लु हिमालको आधार शिविर यतिबेला आरोही तथा उनीहरूका सहयोगीले भरिन थालेको छ। आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस सिजनमा ३८ टोलीका चार सय ५१ जना आरोहीले अनुमति लिएका छन्। अनुमति लिनेमा तीन सय ३१ जना पुरुष र एक सय २० जना महिला रहेका छन्। आरोहीमध्ये अधिकांश गोरखाको चुमनुब्री गाउँपालिका–१ मा पर्ने सामागाउँ पुगिसकेका छन्। कतिपय भने आधार शिविरमै पुगिसकेका छन्। सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामाका… पुरा पढौ

पूर्ण अशक्त दम्पतिलाई पालुङटार नगरपालिकाद्वारा अपाङ्गमैत्री आवास हस्तान्तरण

अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्दै जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले पालुङटार नगरपालिकाले वडा नं. ४ का जङ्गबहादुर कार्कीलाई नवनिर्मित आवास भवन हस्तान्तरण गरेको छ। कार्की 'क' वर्गका पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति हुन् भने उहाँकी श्रीमती सुनिता घर्ती नेपाली 'ख' वर्गकी अपाङ्गता भएकी व्यक्ति हुनुहुन्छ। उक्त भवन रु. ५ लाख ८३ हजार लागतमा निर्माण गरिएको छ। भवनमा एक बैठक कोठा, एक शयनकक्ष, एक भान्सा कोठा तथा शौचालयसहितको स्नानघर निर्माण गरिएको छ, जसले अपाङ्गता भएका दम्पतीको दैनिकीलाई सहज र… पुरा पढौ

कर्मचारीको स्वास्थ्य सुरक्षामा आँपपिपल अस्पतालको पहल

गोरखा । गोरखास्थित आँपपीपल अस्पतालले अस्पतालमा कार्यरत कर्मचारीलाई नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन प्रोत्साहन गर्ने उद्देश्यले स्वास्थ्य बिमा प्रिमियमको ५० प्रतिशत रकम अस्पतालले व्यहोर्ने निर्णय गरेको छ। अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वतीदेवी पाठकका अनुसार उक्त सुविधा प्राप्त गर्न कर्मचारीले स्वास्थ्य बिमाको प्रिमियम रकम सुरुमा आफ्नै खर्चमा भुक्तानी गर्नुपर्नेछ। त्यसपछि आफ्नो नाममा जारी भएको आधिकारिक बिल वा रसिद भुक्तानी गरेको मितिले तीन महिनाभित्र अस्पतालमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको अवधिभित्र आवश्यक कागजात पेश गरेका कर्मचारीलाई अस्पतालले स्वास्थ्य बिमा… पुरा पढौ

मिरकोट स्वास्थ्य चौकी विस्तारका लागि सांसद बुर्लाकोटीसहित स्थानीयद्वारा जग्गादान

राजेन्द्र न्यौपानेगोरखा, १९ साउन । गोरखाको पालुङटार नगरपालिका–९ स्थित मिरकोट स्वास्थ्य चौकीको सेवा तथा पूर्वाधार विस्तारका लागि प्रतिनिधिसभा सदस्य कबिन्द्र बुर्लाकोटीसहित चार जना स्थानीयले दुई रोपनी दुई आना जग्गा दान गरेका छन्स्वास्थ्य चौकीको नाममा सांसद बुर्लाकोटीले १२ आना, केशव पन्तले ८ आना, काजीराम पन्तले ८ आना र टंकप्रसाद पन्तले ६ आना गरी कुल दुई रोपनी दुई आना जग्गा निःशुल्क हस्तान्तरण गरेका हुन् । उक्त जग्गा स्वास्थ्य चौकीको नाममा विधिवत् नामसारी (पास) भएको छ ।पालुङटार नगरपालिका–९ का वडा अध्यक्ष भेषराज पाण्डेका… पुरा पढौ

सांसद बुर्लाकोटीद्वारा पहिरो प्रभावित क्षेत्रको अनुगमन, पीडितलाई राहत उपलब्ध गराउन आग्रह

राजेन्द्र न्यौपाने१८ साउन, गोरखा । प्रतिनिधिसभा सदस्य तथा गोरखा निर्वाचन क्षेत्र नम्बर–२ का सांसद कविन्द्र बुर्लाकोटीले गोरखा नगरपालिका–९ लक्ष्मीबजार क्षेत्रमा पहिरो प्रभावित बस्तीको स्थलगत अवलोकन गर्दै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ ।आइतबार लक्ष्मीबजारमा आयोजित स्थानीयवासीसँगको भेटघाट तथा छलफल कार्यक्रममा सांसद बुर्लाकोटीले वर्षाका कारण उत्पन्न विपद्, विकास निर्माणका काम र स्थानीय जनताका समस्या तथा आवश्यकताबारे जानकारी लिनुभएको थियो ।कार्यक्रमपछि उहाँले पहिरोका कारण क्षति पुगेको घरको स्थलगत निरीक्षण गर्दै प्रभावित परिवारको अवस्थाबारे जानकारी लिनुभएको थियो ।… पुरा पढौ

राष्ट्र विभूति अमरसिंह थापा : स्मरण मात्र होइन, समृद्धिको मार्गदर्शक

– राजेन्द्र अर्याल नेपालको एकीकरण अभियानका महान् सेनापति, अदम्य साहस, अद्वितीय रणकौशल र राष्ट्रप्रतिको समर्पणका प्रतीक राष्ट्र विभूति अमरसिंह थापाको ११०औँ स्मृति दिवस यस वर्ष पनि श्रावण १६ गते उहाँको जन्मभूमि गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–६, डाँडेमा श्रद्धापूर्वक मनाइयो। गोरखा अमरसिंह नगर पर्यटन संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङको प्रमुख आतिथ्यता, संघीय सांसद कबिन्द्र बुर्लाकोटी लगायत जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरु , विद्यालयका प्र अ एबम शिक्षकहरु , महिला समुहहरु बुद्धिजीवी, समाजसेवी, विद्यार्थी र स्थानीयवासीको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमअन्तर्गत… पुरा पढौ

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

राजेन्द्र न्यौपाने१६ साउन, गोरखा । सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष राजु गुरुङ सम्मानित हुनु भएको छ । गोरखाको सिरानचोक गाउँपालिकाको प्रथम निर्वाचित अध्यक्ष रहेका गुरुङलाई राष्ट्रिय विभुति अमरसिँह थापाको २१० औँ स्मृति दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।नेपाल एकीकरणको क्रममा महत्वपूर्ण योगदान दिएका इतिहासका पानामा सिमित रहेका बडाकाजी अमरसिँह थापाको इतिहासको सोधखोज गरी उनको पहिचानलाई प्रचार गर्नका लागि राज्यका तर्फबाट सहयोग पुर्याएको भन्दै राष्ट्रिय विभुति अमरसिँह थापा प्रतिष्ठान, काठमाण्डौले त्रिभुवन आर्मी अफिसर्स क्लव भद्रकालीमा शनिबार सम्मान गरेको प्रतिष्ठानका… पुरा पढौ

हप्ता दिनदेखि वेपत्ता नेपालीको शव फेला पर्यो

६ साउन, गोरखा । असार ३२ गते मलामी गएका वर्ष ४० का सम्शेर गुरुङ दरौँदी नदिमा नुहाउने क्रममा बेपत्ता भएका थिए । उनको आज विहान सिरानचोक गाउँपालिका वडा नम्बर ७ स्थित दरौँदी नदि किनारमा शव फेला परेको प्रहरी डिएसपी राजकुमार श्रेष्ठले बताउनुभयो । शवको उनका छोरा सुनिल नेपालीले पहिचान गरी बुझि लिएका छन् । यसैगरी जिल्लाको भिमसेनथापा गाउँपालिका बगुवाखेतमा एक युवाको शव फेला परेको छ । पालिकाको वडा नं २ बगुवाखेतका ३३ वर्षका सागर भट्टको शव फेला परेको जिल्ला प्रहरी… पुरा पढौ

उत्तरी गाेरखा जाने सडकमा पहिराे खस्याे

गाेरखा । उत्तरी गाेरखा जाने बाटाेमा पर्ने लिदिङमा पहिराे खस्दा सडक पूर्ण रुपमा बन्द रहेकाे छ । आज साँझ गोरखा धार्चे गा.पा. ७ लिदिङ स्थित आरुघाट माछिखोला कच्चि सडकखण्डमा सडक माथिबाट ढुङ्गा माटो सहितको लेदो पहिरो आई बाटो पुर्णरुपमा अवरोध हाे । आर्खेतबट प्र.स.नि. मोहन बहादुर घिमिरे (९८४८०७१५०९) को कमाण्डमा गएकाे टाेलीले सर्वसाधरणलाइ जाेखिम बहन गरेर पहिराेबाट नहिड्न सचेत गराएकाे छ । पुरा पढौ

सामाजिक व्यक्तित्व तथा व्यवसायी मास्केको निधन

गाेरखा । सामाजिक व्यक्तित्व तथा व्यवसायी धिरजबहादुर मास्केको निधन भएको छ । विगत एक महिनादेखि विरामी भएका मास्केको ८६ बर्षको उमेरमा सोमबार दिउसो चार बजे मृत्यू भएको उनका आफन्तले जानकारी दिएका छन् । विमारले च्यापेपछि मास्केलाई उपचारका लागि आइतबार गोरखा अस्पतालमा भर्ना गरिएको थियो । मास्के गोरखा उद्योग वाणिज्य संघका संस्थापक सचिव, तुलसी मेहेयर युनेस्को क्लव गोरखाका संस्थापक अध्यक्ष हुन् । निर्माण व्यवसायी संघ गोरखाका पूर्व अध्यक्ष, द्रव्यशाह बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष, बालमन्दिर माध्यमिक विद्यालयका पूर्व अध्यक्ष समेत भएर काम… पुरा पढौ