प्रदेशकाे प्रथम र नेपालकै चाैँथाे गाउँपालिका बनाउन सकेका छाैँ : रमेश थापा मगर

सोमवार, बैशाख १२, २०७९
0
1679

गाेरखा ।  शहिद लखन गाउँ पालिका नेपालका प्रथम शहिद लखन थापा मगर जसले जँग बहादुर राणाको विरुद्धमा विद्रोह गरे तिनै न्याय प्रेमी व्यक्तिको नाममा स्थापना भएको गाउँपालिका हो । यो गाउँपालिका धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले अत्यन्तै महत्वपूणर् गाउँपालिका रहेको छ गाउँपालिका पूर्व अध्यक्ष रमेश थापा मगरले बताए ।

गाउँपालिकाको विकास र समृद्धिका लागि निमित्त धार्मिक साँस्कृतिक, सामाजिक र ऐतिहासिक पर्यटकीय क्षेत्रको विकास निर्माण गर्दै कृषिजन्य कार्यहरुको उत्पादनमा वृद्धि गरि आम जनसमुदायलाइ सँगठित गर्दै विकास निर्माणमा सहभागि गराउन सके मात्रै देशको उन्नती र प्रगति हुन्छ भन्ने हाम्रो अपेक्षा रहेको उनकाे भनाइ छ । त्यसैले शहीद लखन गाउँपालिकाको अत्यन्तै प्रसिद्ध स्थल माइ मनकामनाको मन्दिरको गरिमा र प्रतिष्ठा सँगै लखन थापाको विद्रोह किल्लालाइ जोडेर यहाँका कोटकालि, सन्तानेश्वर महावेद, भिमविरेश्वर महादेव, हिमालय देवीको मन्दिर, अर्लाङ्दि देवीको मन्दिर, बक्रेश्वरी मन्दिर लगायत सम्पूर्ण पर्यटकिय क्षेत्रहरुको विकास गर्न प्रयत्न भइरहेको छ उनले बताए ।

यसको निमित्त हामीहरुले सँघीय सरकार र प्रदेश सरकारसँग हातेमालो गरिरहेका छौँ । प्रदेश सरकार पर्यटन मन्त्रालय मार्फत थानडाँडामा भ्युटावर निर्माण भएको छ भने गण्डकी प्रदेश सरकार र शहिद लखनगाउँपालिकाको समन्वयमा चुलेभिरमा भ्युपार्क निर्माण भइरहेको छ । यी हामीले गरेका भौतिक सँचरनाका उन्नतीहरु हुन ।

यसको साथमा हामीले स्थानीय तहको निर्वाचनमा हामीले भनेका थियौँ, गाउँपालिकाले प्राप्त गरेका आठौँ अनुसूचिका एकल अधिकारहरुलाइ लिएर हामीले नीति कार्यक्रम र योजनाहरु निर्माण गर्नेछौँ । यो अन्तर्गत हाम्रो गाउँपालिकामा गाउँसभाद्वारा २ वटा नीति, २७ वटा ऐन, ४ वटा नियमावाली, ४ वटा निर्देशिका, २ वटा मापदण्ड र ३९ वटा कार्यविधि गरी ७८ वटा हामीले ऐन कानुनहरु बनाएका छौँ । ऐन कानुनहरुलाइ कार्यन्वयन गरी अव हामीले गाउँपालिकावासीहरुको सुख समृद्धिको हितका लागि प्रयोग गर्नु जरुरी छ ।

भौतिक पूर्वाधार अन्तर्गत हामीले हाम्रा सडकहरुको स्तर निर्धारण गरेका छौँ । सडकहरुलाइ तीन भागमा वर्गिकरण गरेका छौँ । मुख्य सडक, सहायक सडक र बस्तीस्तरको सडक । मुख्य सडक अन्तर्गत ढुँगागाडे भञ्ज्याङ, बुँकोट नामजुङ सम्मको १२ किलोमिटर सडक बाटो कालोपत्रे भएको छ । यसको निमित्त म प्रदेश सरकारलाइ हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

यसरीनै हामीले वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मका सबै वडा कार्यालय भवनहरु निर्माण सम्पन्न गरेका छौँ । सबै वडा अध्यक्ष ज्यूहरुले आफ्नै वडा कार्यालय भवनबाट सेवा प्रवाह गरिरहनुभएको छ भने गाउँपालिकामा हामीले २३ रोपनी जग्गा प्राप्त गरेका छौँ, जस अन्तर्गत, १२ वटा कोठा र एउटा सभाहल गण्डकी प्रदेश सरकारसँगको समन्वयमा हामीले निर्माण सम्पन्न गरिसकेका छौँ ।

त्यहाँबाट हाम्रो प्रशासकीय सेवाहरु सूरु हुनेछ भने, गाउँपालिकामा १० करोडको लगानीमा हामीले टेण्डर प्रक्रिया गरी हामीले प्रमुख प्रशासकीय भवन निर्माणाधिन रुपमा रहेको छ ।

१७ रोपनी जग्गा खेलकुद मैदानको लागि गाउँपालिकाको नाममा रहेको छ र खेलकुद मैदान पनि हामीले विस्तार गरिसकेका छौँ । शहिद गाउँपालिका वडा नम्बर ५ तीनमाने केउरेनीमा १५ शैयाको अस्पताल हामीले निर्माण प्रक्रियाका लागि टेण्डर प्रक्रियामा अगाडि बढेको छ । यसरी गाउँपालिकाको भौतिक पूर्वाधारहरुको क्षेत्रमा हामीले केहीभकामहरु गरेका छौँ भने स्वास्थ्यको क्षेत्रमा गर्भवती महिलाहरुलाइ चारपटक गर्भजाँच गर्ने र सुत्केरी भएपछि पाँचहजार रुपैयाँ आमा र बच्चाको मातृशिशु रक्षाको निमित्त सुत्केरी भत्ता प्रोत्साहन स्वरुप प्रदान गरेका छौँ । यसरी नै ७० वर्ष भन्दा माथिका वृद्धवृद्धाहरु र दिर्घ रोगीहरुलाइ टोलवस्तीमा नै गएर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरिरहनुभएको छ ।

अल्ट्रासाउण्ड मेसिनद्वारा गर्भवती महिलाहरुको गर्भजाँच गरिहेका छौँ । जन्मने बच्चाहरु निरोगी, स्वस्थ र तन्दुरुस्त होउन भन्ने रहेको छ । यसका साथसाथै हामीले विभिन्न सँघ सँस्था र अस्पतालहरुसँगको सहकार्यमा र समन्वयमा आँखा चेकजाँच, पाठेघर चेकजाँच गरेका छौँ । यो हाम्रो स्वास्थ्य सम्बन्धि जनतालाइ गरेका हितका कार्यक्रमहरु हुन । कोभिड १९ प्रतिकार्यका विरुद्ध टोलस्तरमा समिति गठन गरेर जनप्रतिनिधिहरु लगायत, स्वास्थ्यकर्मी, टोल सुधार समितिका व्यक्तिहरु सहितको टोलीले कोरोना रोकथामको कार्यमा अगाडि बढ्यौँ ।टोल वस्तीमै गएर हामीले पिसिआर चेक गर्यौँ ।

पोजेटिभ भएकाहरुलाइ हामीले स्वास्थ्यकीट प्रदान गरेऔँ । जो जो व्यक्तिहरु हाम्रो गाउँपालिकामा मृत्यु वरण गर्नुभयो तीनका परिवारहरुलाइ हामीले रु २५ हजारका दरले आर्थिक सहयोग पनि प्रदान गरेका छौँ । यसका साथै कृषि र पशु सेवाका क्षेत्रहरुमा पनि हामीले केही सकरात्मक कामहरु गरेका छौँ । हामीसँग २३२ वटा कृषि र पशुका फर्महरु रहेका छन् । ४४ वटा कृषि सहकारी, १० वटा कृषकको सहकारीहरु रहेका छन् । यी अन्तर्गत कुन  प्रकारका खेतीहरु हुन्छन् तीनीहरुलाइ वर्गिकरण गरी हामीले पकेट क्षेत्र घा्ेषणा गरेका छौँ । हामीले राम्रा काम गर्ने उत्कृष्ट किसानहरुलाइ हरेक वर्ष विभिन्न किसिमका कार्यक्रमहरु गरेर कृषक प्रोत्साहन कार्यक्रम गरेका छौँ ।


शैक्षिक क्षेत्रमा सकरात्मक कामहरु गरेका छौँ । कोभिड सँक्रमणका सन्दर्भमा अनलाइन कक्षा सञ्चालन गरेका छौँ । गाउँ शिक्षा निर्माण गरी गाउँपालिकामा शिक्षक र विद्यार्थीको अनुपातलाइ मिलाएर दरबन्दी मिलानको काम गरेका छौँ । जुन जुन ठाउँमा विद्यार्थी सँख्या धेरै छन् त्यस्तो ठाउँमा स्वयँसेवक शिक्षकहरु स्थापना गरी २० जना स्वयँसेवक शिक्षकहरु पठाएका छौँ । शिक्षकहरुलाइ पेशागत तालिम सञ्चालन गरेका छौँ ।

पून: निर्माणको सन्दर्भमा हामीले जो जो व्यक्तिहरुले पहिलो किस्ता लिएर पनि घर निर्माण गर्न सकेनन त्यस्ता व्यक्तिहरुका लागि घुम्तिकोष निर्माण गरी प्रत्येक वडामा नीजि भवन निर्माणका लागि सहयोग गरेका छौँ । यसले गर्दा कमजोर आर्थिक अवस्था भएका मानिसहरुले पुन निर्माणमा सहभागि भइ घर निर्माण गर्न सके । पञ्जिकरणको क्षेत्रमा अनलाइन प्रणाली अपनाएका छौँ । सबै प्रकारका ठेक्कालाइ अनलाइन प्रणालीबाट इविडिङ गरेका छौँ । गाउँ गाउँमा पुगेर अपाङ्गता परिचय पत्र प्रदान गरेका छौँ ।

शहिद लखन गाउँपालिका नेपालकै चौँथो कम र गण्डकी प्रदेशको पहिलो कम बेरुजु भएको गाउँपालिका भएको छ । यसका लागि म गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतका सबै कर्मचारीहरु, सबै जनप्रतिनिधिहरुलाइ विषेश धन्यवाद दिन चाहन्छु । उत्कृष्ट कर्मचारीहरुलाइ पुरस्कृत गर्ने काम गरेका छौँ । पालिकाको आफ्नै लोगो निर्माण गरेका छौँ । स्थानीय पाठ्यक्रम निर्माण गरेका छौँ । आवधिक योजना निर्माण गर्न सकेका छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here