६ बैशाख, गोरखा । प्रकृति र सँस्कृतिको सँरक्षणका लागि चुमनुब्री गाउँपालिका वडा नम्बर ७ स्थित राजेनगुम्बामा आजदेखि चुम श्याग्या शताब्दी महोत्सव २०८० सुरु भएको छ ।
महोत्सवको सबै तयारी पूरा भएको आयोजक चुम श्याग्या समितिले जनाएको छ । महोत्सवमा भाग लिनका लागि चुमनुब्री, धार्चे गाउँपालिका र देश विदेशबाट मानिसहरु राजेन गुम्बामा भेला भएका छन् ।
वि.सं. १९८० देखि यस क्षेत्रलाइ अहिँसा क्षेत्रको रुपमा घोषणा गरी पशुचौपाया, पंछी लगायतका जनावरहरुको काटमारमा रोक लगाएको थियो ।
श्याग्या क्षेत्र घोषणा भएको सय वर्ष पुगेको अवसरमा आजदेखि बैशाख ९ गते सम्म महोत्सव मनाउन लागिएको राजेन गुम्बाका प्रमुख लामा डुक्पा रिन्पोछेले बताए ।
महोत्सव, आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । जिल्ला सदरमुकाम गोरखाबाट ४८ कोष उत्तरमा रहेको उक्त क्षेत्र सँरक्षित र अहिँसा क्षेत्रको रुपमा रहँदै आएको छ । महाेत्सवका पहिलाे दिन विहानैदेखि पुजापाठ गरी सुरु भएकाे हाे भने केहीबेरमा प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे लामाकाे भनाइ छ ।