२४ भदाै गाेरखा। गाेरखा जिल्लाकाे अजिरकाेट गाउँपालिकाले काठमाण्डाै लगायत देशभरी युवा पुस्ताले गरेकाे आन्दाेलनका क्रममा घाइते भएकाहरुकाे उपचारका लागि एक लाख रुपैयाँ प्रदान गर्ने घाेषणा गरेकाे छ ।
पालिका अध्यक्ष दिपक देवकाेटाले आज प्रेस विज्ञप्ती जारी गरी घाइतेहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै जनप्रतिनिधिहरुकाे सेवा सुविधाबाट प्रदान गर्ने गरी एक लाख दिने घाेषणा गरेकाे हाे । साथै आज हुने विद्यालयकाे परीक्षा तथा कक्षा स्थगन गरी सहादत प्राप्त गर्नेहरु प्रति श्रद्धाञ्जली प्रदान गर्न विज्ञप्तीमा जनाएकाे छ ।
पालिका अध्यक्ष देवकाेटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा सेप्टेम्बर ८ मा जेनेजी पुस्ताले गरेकाे आन्दाेलन माथिकाे दमनलाइ क्रुर हत्या भनिएकाे छ । प्रहरीले भाैतिक सम्पतीकाे सुरक्षाका लागि भन्दै १९ जना विद्यालयका बालबालिका तथा युवाहरुकाे हत्या गाेली हानेर हत्या गरेकाे थियाे ।







