
गाेरखा । उत्तरी गाेरखा जाने बाटाेमा पर्ने लिदिङमा पहिराे खस्दा सडक पूर्ण रुपमा बन्द रहेकाे छ । आज साँझ गोरखा धार्चे गा.पा. ७ लिदिङ स्थित आरुघाट माछिखोला कच्चि सडकखण्डमा सडक माथिबाट ढुङ्गा माटो सहितको लेदो पहिरो आई बाटो पुर्णरुपमा अवरोध हाे ।
आर्खेतबट प्र.स.नि. मोहन बहादुर घिमिरे (९८४८०७१५०९) को कमाण्डमा गएकाे टाेलीले सर्वसाधरणलाइ जाेखिम बहन गरेर पहिराेबाट नहिड्न सचेत गराएकाे छ ।



