
६ साउन, गोरखा । असार ३२ गते मलामी गएका वर्ष ४० का सम्शेर गुरुङ दरौँदी नदिमा नुहाउने क्रममा बेपत्ता भएका थिए । उनको आज विहान सिरानचोक गाउँपालिका वडा नम्बर ७ स्थित दरौँदी नदि किनारमा शव फेला परेको प्रहरी डिएसपी राजकुमार श्रेष्ठले बताउनुभयो ।
शवको उनका छोरा सुनिल नेपालीले पहिचान गरी बुझि लिएका छन् । यसैगरी जिल्लाको भिमसेनथापा गाउँपालिका बगुवाखेतमा एक युवाको शव फेला परेको छ ।
पालिकाको वडा नं २ बगुवाखेतका ३३ वर्षका सागर भट्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । खेतमा गएका भट्ट घर नर्फिएपछि खोजी गर्दा झाडीमा लडेको अवस्थामा भेटिएका थिए ।
सागर भट्ट घरनजिकै कयपानीदेखि धावा जाने भित्रि सडकखण्ड मुनिको झाडीमा मृत अवस्थामा फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।



