मङ्सिर २०, गाेरखा । गाेरखा अस्पतालका चिकित्सक माथि शनिबार दिउँसाे अस्पतालमा हातपात तथा दुर्व्यवहार भएपछि गाेरखा अस्तपालका स्वास्थ्यकर्मीहरुले एक विज्ञप्ति प्रकाशित गरी आकस्मिक बाहेक अन्य सेवा बन्द गर्ने बताएका छन् ।
काेराेना महामारीकाे जाेखिमकाे अवस्थामा पनि अस्पतालकाे कार्यस्थलमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएकाे निन्दनिय घटनाकाे गाेरखा अस्पतालका स्वास्थ्यकर्मीहरुले भत्सर्ना गरेका छन् । कार्यस्थलमा हातपात तथा दुर्व्यहार भएका कारण सुरक्षा चुनाैति थपिएकाे भन्दै आजकै मितिदेखि नियमित काम गर्ने नसक्ने विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहाेस् विज्ञप्ती

विज्ञप्तिमा काे कुटिएका हुन भन्ने विषय खुलाएकाे देखिदैन । गृह जिल्लामा सेवा गर्न आएका डाक्टर माथि हातपात भएकाे हाे । विरामी उपचार सम्लग्न चिकित्सक माथि हात हाल्ने काम भएकाे अस्पतालका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
यसैवीच अस्पतालमा भएकाे व्यवहार र सिरान्चाेक गाउँपालिकामा भएकाे घटनाका विषयलाइ लिएर नेपाल विद्यार्थिसँग गाेरखाले एक विज्ञप्ती प्रकाशित गरेकाे छ ।
हेर्नुहाेस् विज्ञप्ती

५० शैया क्षमताकाे गाेरखा अस्पतालमा भाैतिक सँरचनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् । डाक्टरहरुले आवासकाे रुपमा प्रयाेग गर्ने भवनबाट सेवा प्रवाह भैरहेकाे छ ।






