१११ औं अन्तर्राष्ट्रिय नारी दिवस गाेरखाका ११ वटै पालिकामा मनाए

मङ्लबार, फाल्गुन २५, २०७७
0
853

गाेरखा । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा महिलाहरुकाे सहभागितामा फरक फरक कार्यक्रमहरु सम्पन्न भएका छन् । जिल्लाकाे पालुङटार नगरपालिकामा   ‘म नारी’ नामक चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

पालुङटार नगरपालिकाको आयोजना तथा बौद्ध हिमाल युवा क्लबको सह–आयोजनामा भएको कार्यक्रममा नगरक्षेत्रका आमा समूह, युवा क्लब लगायतका सामाजिक संस्थाहरुको उल्लेखनीय सहभागिता थियो ।

शहिद लखन गाउँपालिका भित्रका ९ वटै वडामा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।“महिला सुरक्षा,सम्मान र रोजगार: समृद्ध नेपालको आधार” भन्ने मूल नारा सहित १११ अाैँ अन्तराष्ट्रिय महिला दिवस मार्च ८ का दिन पारेर आज नेपाल भर मनाइएकाे छ । शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा आज आयाेजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले महिलाहरु अधिकारी प्राप्तिका लागि एक भएर अघि बढ्नुपर्ने बताएकी छन् । अधिकार खाेज्दै गर्दा कर्तव्य पनि पूरा गर्नुपर्ने  उनले बताइन् । पुरुषहरुकाे विराेध गर्दैमा महिलाहरुकाे अधिकार स्थापित नहुने उनकाे भनाइ छ ।

शहिदलखन गाउपालिका घैरुङ,गोरखा र रुपान्तरण नेपालका लागि प्रयासको समन्वय तथा आर्थिक सहयोगमा प्रगतिशिल वचत तथा ऋण सहकारी संस्था लि शहिद लखन गापा वडा-७/८ बुङकोटको आयोजनामा १११ औँ अन्तराष्ट्रिय महिला दिवश कार्यक्रम मनाइएकाे हाे ।

धार्चे गाउँपालिका र्याली र झाँकी सहितकाे कार्यक्रम गरेर महिला दिवस मनाइएकाे छ ।

जिल्लाकाे सिरान्चाेक, अजिरकाेट, बारपाकसुलिकाेट,आरुघाट, भीमसेन थापा, गण्डकी, चुमनुब्री र गाेरखा नगरपालिका भित्रका वडा र पालिका तहमा विभिन्न कार्यक्रमहरु गरी अन्तराष्ट्रिय नारि दिवस मनाइएकाे सम्बन्धित पालिकाहरुले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here