पत्रकार महासँघ गाेरखा ताेकिएकाे मितिमा निर्वाचन गराउन असक्षम

बुधबार, मंसिर २६, २०८१
0
162

गाेरखा । नेपाल पत्रकार महासँघकाे  जिल्ला  प्रदेश र केन्द्रकाे मनाेनयन प्रक्रिया उत्साह जनक रुपमा भइरहेकाे समयमा नेपाल पत्रकार महासँघ गाेरखा भने निर्वाचन प्रक्रिया अघि बढाउन असक्षम भएकाे छ । आफैले सिफारीस प्रदान गरेर सदस्यता काम भएकाहरुकाे नाम आएकाे र त्यसरी नाम आउँदा युनियनमा आवद्ध पत्रकारहरुकाे बहुमत नपुगेकाे भन्दै निर्वाचन स्थगित भएकाे भनि महासँघका अध्यक्ष र सचिवले हस्ताक्षर गरी सामाजिक सञ्जालमा सूचना राखेका छन् ।

 

विशेष गरी गण्डकी प्रदेशमा चेपाङ समुदायबाट पत्रकारीतामा क्षेत्रमा आएकी एक महिला युवाकाे पत्रकार महासँघका गाेरखामा रहेका केही मानिसहरुले चेपाङ पत्रकार हुनै नसक्ने बक्तव्य दिँदै आएका छन् ।

हेर्नुहाेस्र महासँङमा आवद्धहरुकाे नाम

जहाँकाे मिडियामा काम गरेकाे हाे उतै गएर सदस्यता लिनुपर्ने उनीहरुले बताएका छन् । माथि रहेकाे पत्रमा हेर्दा नेपाल पत्रकार महासँघ गाेरखा शाखाले सिफारीस गरे अनुसार प्रदेश र केन्द्रबाट नाम अनुमाेदन भएर आएकाे छ ।

चेपाङ समुदायबाट महिला पत्रकार पाउनु गर्वकाे विषय भएपनि उत्पीडनमा परेका समुदायबाट आएकाहरुलाइ स्वीकार गर्न नसकिने आफूलाइ अब्बल दर्जाकाे पत्रकार बताउनेहरुकाे भनाइ छ ।

लैङ्गिक हिँसा विरुद्धकाे १६ दिने अभियान चलिरहेका समय एउटा व्यक्ति विशेष पत्रकार माथि भएकाे मानविय आक्रमणकाे अग्रज पत्रकारहरुले विराेध गरेका समेत गरेका छन् ।

मनाेनयन दर्ता प्रक्रिया जिल्लामा अघि नबढेपछि केन्द्रमा नै मनाेनयन दर्ता गरिएकाे नेपाल पत्रकार महासँघ केन्द्रले जानकारी दिएकाे छ । गाेरखाकाे समिति स्वत विघटन भएकाे छ ।

निर्वाचन नगराएकाे भन्दै प्रेस चाैतारी प्रेस सेन्टरले विज्ञप्ती प्रकाशीत गरेका छन् । प्रेस युनियनले केही सदस्यहरु घटाएर युनियनकाे बहुमत पुर्याए निर्वाचन गराउन सकिने जनाएकाे छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here