राजेन्द्र न्यौपाने
२४ भदौ, काठमाण्डौ । काठमाण्डौ लगायत देशभरी जेन–जी पुस्ताले केही सातायता सामाजिक सञ्जालमा भ्रष्टाचार र नेताहरूका सन्तानको विलासी जीवनविरुद्ध असन्तुष्टि व्यक्त गर्दै आएका थिए । सरकारले सामाजिक सञ्जाल दर्ता हुन नआएको भन्दै २६ प्रकारका सामाजिक सञ्जाल एक साथ बन्द गरिदियो ।
सरकारले जुनजुन सामाजिक सञ्जाल बन्द गरायो त्यसबाट जेन जी पुस्ताका ९५ प्रतिशत युवाहरु स्वदेशमा नै रहेर आफ्नो स्वरोजगारमा सम्लग्न थिए । के युवाहरु स्वदेशमा बसेर आफ्नो दक्षता प्रस्तुत गर्न हुँदैन ?
सरकारले आइटी क्षेत्रका लागि मासिक २ लाख सम्म तलव दिन मिल्ने भनेर नियम बनाइरहँदा यहाँ चलेका सूचना प्रविधिलाई बन्द गराउन न्यायसँगत थिएन । रोजगार नपाएका अधिकाँश युवाहरु यहि सामाजिक सञ्जाललाई आफ्नो रोजगारको क्षेत्र बनाउनेहरु धेरै थिए । यही सञ्जालबाट उनीहरु व्यापारको बहस छलफल गर्दथ्ये ।
आफ्नो आइतबार आउने पर्ने सामग्री सामाजिक सञ्चालन बन्द पछि वार्तालाप गर्न नमिल्दा नआएको नारायणगढका एक व्यापारीले बताए ।
महाबौद्ध काठमाण्डौमा १० करोड लगानीमा खोलिएका पसलमा व्यापार गर्दै आएका एक व्यापारीका अनुसार चिनियाव्यापारीसँग यहि सामाजिक सञ्जालबाट कुराकारी गरेर चाडपर्व लक्षित सामग्री सङ्कलनको काम सकिनै लाग्दा त्यस क्षेत्रमा र यहाँ चल्ने सामाजिक सञ्जालका नेटकर्व बन्द भए । यहाँ दैनिक एक लाख खर्च छ, सरकारले हामीले काम गरेको देखि नसकेको उनले बताए ।
पुराना पुस्तामा मानिसहरु निरन्तर नेतृत्वमा रहँदा परिवर्तनलाई आत्मसाथ गर्न र नयाँ युवाहरुमा भएको क्षमता बुझ्न नसकेका उनको भनाई छ ।
नेता हुनु भनेको आफ्नो कार्यकर्ता बढाउनु मात्र होइन, विश्वव्यापी रुपमा भइरहेको परिवर्तनलाई आत्मसाथ गरेर सबै नागरिकहरुलाई समान व्यवहार गर्न सक्नुपर्ने कानुनका विद्यार्थी एवँ अधिवक्क्रा अमर गुरुङ बताउनुहुन्छ ।
सामाजिक सञ्जाल बन्दा हुँदा विद्यालय देखि, विश्व विद्यालय, किसान देखि कलाकार, साधारण नागरिक देखि विद्घान वर्ग सबै मर्कामा परेका थिए ।
दर्ता गर्न आइज भनेर सामाजिक सञ्जालमा पत्र पठाउने नभै सम्बन्धित पक्षलाई नियमसँगत तरिकाले सरकारले समन्वय गर्न नसकेको नागरिकहरुले बताए छन् ।
याे लेख तयार गर्दा सम्म १९ जनाले ज्यान गुमाएका छन् भने ४२२ जना घाइतेहरु उपचार गराइरहेका छन् । युवा पुस्ताकाे यति धेरै जमातलाइ सरकारका अधिकारीहरु ,जिम्मेवार व्यक्तिहरुले सम्बाेधन गरेर साथ दिनुकाे साटाे अन्धाधुन्द गाेली बर्षा गरेर ज्यान लिनु राज्यकाे दायित्व भित्र पर्दैन् । भत्के विग्रे फेरी पनि बनाउन सकिने भाैतिक सँरचनाकाे सुरक्षाका लागि भन्दै याे देशका भविष्यका कर्णधार युवाहरु माथि गाेली दाग्नु कुनै पनि राज्यकाे नीति भित्र पर्दैन् । राज्यकाे निति नै नमान्नेहरु सरकारमा रहनु नैतिकता शुन्य हुनु हाे ।
शासन भनेको विरोध नहुँदा सम्मका लागि हो । सबत्र चर्को विरोध भएपछि शासन असफल भयो भनेर बुझ्नुपर्दछ । यसैवीच पनि सत्तामा रहीरहँदा सिमित व्यक्तिहरुको घमण्डले राज्यलाई क्षती हुन्छ । यसका लागि अग्रज नेतृत्व बुद्धिमान भएर अघि बढ्नुपर्दछ । सत्ता सञ्चालनका लागि राम्रा काम गर्दा फेरी पनि अवसर आउँछ, दुई घण्टाको अवधिमा दर्जन नागरिकहरुको हत्या, सयौँ घाइते बनाइ कुर्सीको स्वाद लिनु राक्षसीकरण हुने हुँदा यसमा सरकारका नेतृत्व घटकले बुद्धिमान भएर यो राष्ट्रका लागि योगदान गर्नुपर्दछ । बहुमत र अल्पमतको कुरा भन्दा पनि यहाँ असल र खरावको विषय अगाडि आएको हुँदा खराव पक्ष पछि हट्नुपर्दछ ।






