२४ भदाै, गाेरखा । काठमाण्डाै लगायत देशभरमा जेनजीले सञ्चालन गरेकाे आन्दाेलनमा व्यक्तिगत सम्पती लुटपाट, सार्वजनिक सम्पती ताेडफाेडकाे घटना बढेसँगै आज राती १० बजेबाट सेना सहितकाे सुरक्षा टाेली परिचालन हुने भएकाे नेपाली सेनाले जनाएकाे छ ।
सेना प्रमुख अशाेक राज सिग्देलले आज नै देशवासीका नाममा सम्बाेधन गरेका थिए । प्रधानमन्त्री, मन्त्रीले राजनीनामा दिएर सबै युवाहरुलाइ घर फर्कन आग्रह गरिरहेपनि काठमाण्डाै लगायत देशभरी आगजनीका घटना बढेका छन् । सबैलाइ सम्यमित हुन र राज्यका सम्पतीकाे सुरक्षा गर्न सेनाले आग्रह गरेकाे छ ।






