२७ भदौ, काठमाडौं । ’संविधानको धारा ६१ (४) अनुसार आज राष्ट्रपतिले पुर्वप्रधानन्यायधिश सुसिला कार्कीलाई प्रधानमन्त्री नियुक्ती गर्नुहुने भएको छ । उक्त धारामा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ । विषम परिस्थितिमा यहि धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त हुन सक्ने अधिवक्ता अमर गुरुङले बताउनुभयो ।
संविधानको पालनकर्ता र संरक्षकका हिसाबले प्रधानमन्त्री नियुक्त गरेको छु भन्ने भाषा लेखेर नियुक्ती पत्र दिन सकिने गुरुङको भनाई छ ।
आफू प्रधानमन्त्री भए लगतै कार्कीले सानो आकारको मन्त्री मण्डल निर्माण गरी दैनिक कामकाज गर्ने र प्रक्रिया पुर्याएर सँसद विघटन गरी ताजा जनादेशको आह्वान गर्ने जेनजीका प्रतिनिधिहरुको भनाई छ ।
जेनजीले गरेको आन्दोलनका क्रममा राजनैतिक घुसपैठ हुँदा मानवीय तथा भौतिक सम्पतीको क्षती भएको थियो । जेनजीका अनुसार २०४६ सालको जनआन्दोलन पछि र २०६२।०६३ पछिको जनआन्दोलन पनि सरकारमा रहने विभिन्न राजनैतिक नियुक्ती लिएकाहरु नयाँ सरकारको कुनै पनि प्रक्रियामा सहभागि हुने छैनन् । देशमा सुशासन कायम गर्न र भ्रष्टचार मुक्त देशको निर्माण गरी सबैलाई यहिँ अट्न सक्ने वातावरण बनाउन आफूहरु लागि पर्ने जेनजीका प्रतिनिधि मध्ये एक जना अमित खनालले बताउनुभयो ।
मनासलु डटकमको सम्पर्कमा आएका खनालले भन्नुभयो, ‘राज्यले युवाहरुको आवाज थुन्न खोज्यो, विद्यार्थी र युवाहरुको भेलालाई दबाउन सरकारले क्रुर भएर बल प्रयोग गर्यो जसले गर्दा यस्तो दर्दनाक अवस्था सिर्जना हुन पुग्यो’, अव हामी निकास दिन्छौँ ।






