राजेन्द्र न्यौपाने
२८ असोज, गोरखा । गोरखा जिल्लाका पालुङटार नगरपालिका नगरप्रमुख विवस चिन्तनले पालुङटार नगरपालिकाको बजेट गरिवको खास्टो जस्तो भएको बताउनुभएको छ । सँघ र प्रदेश सरकारले दिने भनेको राजश्व बाँडफाँडको समानिकरण अनुदान रकम १० करोड नआउँदा तिर्नपर्ने ठाउँमा समस्या परेको मेयर चिन्तनले बताउनुभयो ।
पालुङटार नगरपालिकाको बजेट गरिवीको खास्टो जस्तो छ, खुट्टातिर तान्दा टाउको तिर छैन टाउको तिर तान्दा खुट्टा तिर छैन जस्तो भएको बताउनुभयो ।
कृषि क्षेत्रको विकास गर्नका लागि दुध र मासुमा आत्मनिर्भर बनाउन पालुङटार नगरपालिका लागि परेको छ । मासुमा आत्मनिर्भर मात्र नभै निर्यात गर्न सक्ने भएको र दुधमा आगामि साल आत्मनिर्भर हुने बताउनुभयो ।
यहाँ उत्पादनमा भएका टपरी बाहिर समेत विक्री भइरहेका छन् । महिलाहरुको सञ्जाल मार्फत सामूहिक रुपमा उत्पादन र विक्री गर्ने गरी काम गरेको मेयर चिन्तनले बताउनुभयो । जहाँ जे
उत्पादन हुन्छ, उक्त उत्पादन वेमौसममा विक्री गर्नका लागि कोल्ड स्टोरमा राखिने उहाँको भनाई छ ।
नगरपालिकामा आफू विजयी भएर आएपछि पाँच किलो मिटर बाटो कालोपत्रे गरेको र आगामि वर्ष ३ किलो मिटर कालोपत्रे गर्ने योजना रहेको बताउनुभयो ।
सँघ र प्रदेशले ठेक्का लगाएका योजनाहरु समयमै सम्पन्न गर्न सरकार लागि पर्नुपर्ने उहाँले बताउनुभयो । पालिकाको वित्तिय प्रगति ८६ दशमलव १७ प्रतिशत रहेकाले आगामि वर्ष यो लक्ष्य क्रस गर्न पालिका लागि परेको मेयर चिन्तनको भनाई रहेको छ ।






