गण्डकी गाउँपालिकाको २०औँ गाउँसभा आज सम्पन्न भएकाे छ । पालिका अध्यक्ष दीपक तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हाे ।
बैठकमा उपाध्यक्ष ललिता अधिकारीले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ६२ करोड २१ हजार ३५ रुपैयाँ २० पैसा बराबरको बजेट प्रस्तुत गर्नु भएकाे छ । 
शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक विकास तथा प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ।







