श्रेष्ठकाे फिल्म ‘मकैकाे विवाह’ लाइ बेस्ट नेशनल एवार्ड प्रदान

सोमवार, चैत्र १९, २०८०
0
98

गाेरखा ।  पत्रकार भीमलाल श्रेष्ठले निर्देशन गरेका मकैको विवाह नामक डकुमेन्ट्री फिल्मले यसबर्षको बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड जितेको छ ।

आइतबार  काठमाडौँमा आयोजित पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा सो डकुमेन्ट्रीलाई पुरस्कृत गरिएको हो । विश्वका ३७ देशबाट ९९ डकुमेन्ट्रीहरु मा मकैको विवाहले उत्कृष्ट डकुमेन्ट्री फिल्म एवार्ड पाएकाे हाे ।

श्रेष्ठले गाेरखाकाे धार्चे गाउँपालिका वडा नम्बर ४ मा हुने परम्परागत मकै विवाहकाे डकुमेन्ट्री तयार गरेर प्रस्तुत गरेका थिए । श्रेष्ठ हाल कान्तिपुर टेलिभिजनका लागि गाेरखाबाट काम गर्दै आएका छन् ।

टेलिभिजन पत्रकारितामा आफ्नै सीप र क्षमता भएका श्रेष्ठ नेपाल पत्रकार महासँघ गाेरखा शाखाका पुर्व अध्यक्ष भएर काम गरिसकेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here