गाेरखा । सूचनाकाे हक कार्यन्वयनमा सूचना अधिकारी र पत्रकारकाे भूमिका विषयक अन्तक्रिया कार्यक्रम गाेरखामा सम्पन्न भएकाे छ । जिल्ला हुलाक कार्यालय गाेरखाकाे आयाेजनामा भएकाे कार्यक्रममा गाेरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भाेला दाहालले सबै सरकारी तथा गैर सरकारी सँस्थाहरूले नागरिकहरूले मागेका सूचनामा समयमै सजिलै दिनुपर्ने बताए ।
सूचनाकाे हकका लागि जिल्ला सञ्जाल गाेरखाका अध्यक्ष राजेन्द्र न्यापाने सूचना अधिकारी भनेका कार्यलय प्रमुखका सहयाेगी नभै अधिकार प्राप्त अधिकारी भएकाले नागरिकहरूलाई सूचना समयमै दिनुपर्ने बताए । सूचना माग्नेलाई हप्काउने, थर्काउने र फकाउने कार्य गर्ने प्रचलन जिल्लाका सरकारी कार्यलयहरुमा रहेकाले यस्ता प्रवृतिहरु राेक्नुपर्ने उनकाे भनाई छ ।
सरकारी निकायले स्वत: प्रकाशन आफ्ना घरेलु वेवसाइटमा राखेर सार्वजनिक गरिएकाे नाटक मञ्चन भइरहेकाले यसलाई सार्वजनिक सञ्चार माध्यमबाट प्रकाशन र प्रशारण गरे मात्र वैद्यता हुने उनले बताए ।
सूचना माग्ने लाई सूचना सजिलै दिनुपर्दछ । सूचना नदिए सूचना माग्नेले पुनरावेदन गर्दछन् त्यसपछि सूचना नदिने अधिकारीलाई कार्वाही प्रक्रिया अघि बढ्छ । सूचना माग्नु कर्मचारीलाई दुख दिनु नभै नागरिकहरुकाे समान अधिकारका लागि लड्नु मुख्य कुरा भएकाले सूचना कसैले पनि लुकाउन नहुने बताए ।
स्थानीय सञ्चार माध्यमलाइ छलेर सरकारी निकायहरूले सूचनाकाे हकलाइ दुरूपयाेग गर्दै आएका उनले बताए । विषेश गरी स्थानीय तहमा खरीद प्रक्रियामा मनाेमानी गर्ने र सूचना माग गर्दा दुख दिएकाे भन्दै गुनासाे गर्ने गरेका उनले बताए । गाेरखा जिल्लाका ११ वटै पालिलका भित्रका औषधी जन्य वस्तु र किसानसँग समबन्धित विषयहरु धेरै खाेज्ने गरिएकाे उनकाे भनाइ छ । जनतासँग सराेकार राख्ने विषयहरु सहि सलामत हाेस् भनेर हामी खाेजी गर्दछाैँ, अनियमितता भएकाे पाइए दिनुपर्ने ठाउँमा निम्ताे दिन्छाैँ उनले भने ।
स्वत : प्रकाशन हुँदैमा त्यहाँ अनियमितता छैन भन्न नमिल्ने उनले बताए । नागरिकहरुलाई सचेत बनाउन आफूहरु निरन्तर लागिरहने उनले बताए ।
जिल्ला हुलाक कार्यालय गाेरखाका प्रमुख विनाेद गैरेले जिल्लाका सरकारी निकायहरुले सूचनाकाे हकका क्षेत्रमा गरेका कामका बारेमा जस्ताकाे तस्तै प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासँघका कार्यवाहक अध्यक्ष नरेन्द्र प्रसाद ढकाल, स्थानीय तह र जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारीहरूले आफ्ना कार्यालयका सूचना प्रवाहका बारेमा जानकारी दिएका थिए ।






