९ फागुन, गोरखा । कृषि ज्ञान केन्द्र गोरखाले चैते धान खेतीका लागि गोरखामा धानका चार जात सिफारीस गरेको छ । केन्द्रले सिफारीस गरेको धानका जातमा चैते ५, सिएच पैतालिस, युएस ३१२ र हर्दिनाथ रहेका छन् ।
केन्द्रले सिआएस प्रविधि मार्फत धानको विउ उम्रेको १४ दिन भित्र रोप्न समेत किसानहरुलाई अनुरोध गरेको छ । जति चाडो गरी रोप्यो बालीमा फल राम्रो लाग्ने सम्भावना उति नै रहने हुनले किसानहरुलाई सोही अनुसार सल्लाह दिने गरेको केन्द्रका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो । गोरखाका नदि तथा खोलाका तटिय क्षेत्रमा चैते धानको खेती हुँदै आएको छ ।






