गाेरखा क्याम्पसमा अँगाइ र द्रव्यशाह क्याम्पसमा खनाल लाेकप्रिय नेता, सरकार वाहिर रहेका विद्यार्थी नेतृत्वलाइ स्ववियुमा जिताउनुपर्ने शिक्षाविद्काे भनाइ

शनिबार, चैत्र १, २०८१
0
357
गाेरखा क्याम्पस र द्रव्यशाह क्याम्पसका साझा प्यानल

गाेरखा । गाेरखा जिल्लामा रहेका दुइ वटा क्याम्पस गाेरखा क्याम्पस र द्रव्यशाह क्याम्पसमा चैत ५ गते हुन गइरहेकाे स्ववियु निर्वाचनमा अम्गाइ र खनाल परिपक्क उम्मेदवार देखिएका छन् । मनासलुडटकमले गरेकाे सर्वेक्षणमा अधिकाँश विद्यार्थीहरुले गाेरखा क्याम्पसमा सुलभ अँगाइकाे प्यानल र द्रव्यशाह क्याम्पसमा सचिन खनालकाे समूहलाइ मतदान गर्ने बताएका छन् ।

विद्यार्थीहरुले किन यसरी उम्मेदवार छाने भनेर उम्मेदवारकाे बारेमा सुक्ष्म अध्ययन गर्दा गाेरखा क्याम्पसका अँगाइ यस अघि नै विद्यार्थी आन्दाेलनबाट आएका खारिएका नेता रहेकाे पत्ता लागेकाे छ । बारपाकसुलिकाेट ८ घर भएका अँगाइ विद्यार्थीहरुकाे हकहितका लागि विद्यालय जीवन देखिनै सक्रिय रहेका उनलाइ शिक्षण गरेका विद्यालयका प्रधानाध्यापक रामकुमार सरले बताउनुभयाे । विद्यार्थीकाे अधिकारका लागि सानै देखि बाेल्ने गरेकाे उहाँले बताउनुभयाे । कुनै पार्टी भन्दा पनि विद्यार्थीकाे हकहित र अधिकारमा अँगाइकाे ध्यान रहने गरेकाे थियाे । इमान्दार र असल स्वभावका अँगाइ गाेरखा क्याम्पसले स्ववियु सभापति पाउनु गाेरखाली विद्यार्थीहरुका लागि धेरै राम्राे पक्ष रहेकाे अर्का शिक्षक यदु प्रसाद ढकालले बताउनुभयाे ।

 

सुलभ अँगाइ नेतृत्वमा गाेरखा क्याम्पसमा सचिव रुपेश विश्वकर्मा, काेषाध्यक्ष आयुषा अर्याल,सदस्यहरू सलिना परियार, सलिना बयलकाेटी, अभिषेक राना, राेजिना गुरूङ, सविना थापा रहनुभएकाे छ ।

समानुपातिक तर्फ उमेश खनाल, अँकित थापा, अनु शाक्य, खिना थापा,सुनिल थापा,भिषण थापा, सुजन गुरूङ रहनुभएकाे छ ।

साझा प्यानलका प्रतिवद्धताहरु यस प्रकार रहेका छन् । 

१ विद्यार्थी भर्ना कार्यक्रम अनलाइन प्रविधिबाट गर्ने तथा विद्यार्थी हेल्पडेस्क निर्माण गर्ने ।
२ डिजिटल प्रविधिबाट कक्षा शिक्षणको ब्यबस्था मिलाऊने  ।
३ खेलकुद तथा अतिरिक्त कृयाकलापमा जोड गर्ने।
४ ई-लाईव्रेरी पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला निर्माण गर्न पहल गर्ने ।
५ छात्रवृत्ति अक्षयकोष शुरू गर्ने । यस्का लागि  सबै पालिकासंग समन्वय गर्ने ।
६ क्यान्टिनको गुणस्तरता वृद्धि  गर्ने ।
७ विध्यार्थी स्वास्थ्यलाई ध्यानमा राखी दुर्घटना विमा तथा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने ।
८ देश,काल र परिस्थिति अनुकूल रोजगारमूलक,वैज्ञानिक र ब्यबहारिक पाठ्यक्रम सुधार गर्न पहल गर्ने ।
९ म्पसको भवन,खानेपानी,फर्निचर,खेलमैदान,शौचालय  निर्माणमा जोड दिदै स्वच्छ, सुन्दर र हराभरा गोरखा क्याम्पस निर्माण गर्न पहल गर्ने  ।
१० छात्राको समस्यालाई मध्यनजर राखी भेन्डिङ मेशिन सहित निःशुल्क स्यानिटरी प्याडको ब्यवस्था गर्ने ।
११ विद्यार्थीको निम्ति होस्टेल ब्यबस्थित गर्ने ।
१२  QAA नविकरण गर्न क्याम्पस प्रशासनलाई सहयोग गर्ने ।
१३ मनोपरामर्श दाता स्वास्थ्यकर्मीको ब्यबस्था गर्ने ।
१४  शिक्षक सेवा आयोग,लोकसेवा आयोग,नृत्य तालिम, AI प्रविधि प्रयोग तथा नेतृत्व विकास सम्बन्धी कक्षा संचालन गर्ने   ।

१५ शिक्षा प्राप्ति पछि राेजगारका लागि गाेरखा सहित छिमेकी जिल्लाका विद्यालयकाे सूचना दैनिक अपडेट गरी शिक्षा प्राप्ति पछि राेजगारकाे ग्रेन्टी गरिने ।

यसैगरी द्रव्यशाह बहुमुखि क्याम्पसमा पुर्व सचिव सचिन खनाल परिपक्क उमेदवार देखिएका छन् । सबैकाे साझा उम्मेदवार रहनुभएका खनालकाे प्यानलमा सचिव एलन गुरुङ, काेषाध्यक्ष अनुप सिँखडा, सदस्यहरु करुणा प्याकुरेल, सलिना थापा,अभिषेक तामाङ,अनिसा राना मगर, सिर्जन अर्याल रहनुभएकाे छ । खनाल शैक्षिक इतिहासकाे विरासत बाेकेकाे भिमसेन थापा गाउँपालिका निवास हुनुहुन्छ । शैक्षिक वातावरणमा हुर्कनु भएका खनाल सहितकाे टिमलाइ द्रव्यशाह बहुमुखि क्याम्पस र त्यहाँका विद्यार्थीहरुले मन पराएका छन् । 

उम्मेदवारहरु अन्यन्तै सहयाेगी, मिजाशिला, आफैमा मेहनती, साथीहरूलाइ पढाइमा सहयाेग गरी अब्बल बन्न सहयाेग गर्ने रहेका छन् । सबैकाे भलाे र विद्यार्थी हकहितका लागि मनैदेखि दिलाेज्यानले लागिपर्ने उम्मेदवारमा साझा प्यानलका उम्मेदवारहरु देखिएका छन् । विद्यार्थीहरुले क्याम्पस र आफ्नाे हितका लागि यिनै प्यानलमा मत दिएर विजयी गराउनुपर्ने भएकाे छ ।

अहिलेका सरकारी प्यानलमा रहेका विद्यार्थी उम्मेदवारहरुकाे व्यक्तिगत ,आर्थिक र साँस्कृतिक छवि बारेमा विद्यार्थीहरुसँग जिज्ञासा राख्दा सम्पतीकाे फुर्ती लगाउने, साथी भाइलाइ कुटपिट मात्रै गर्न खाेज्ने, केटी साथिहरु माथि नराम्राे नजरले हेर्ने, साथिहरूसँग बाेल्दा सम्मान पुर्वक व्यवहार नगर्ने रहेकाे पाइएकाे छ  ।

गाेरखा जिल्ला जस्ताे शिक्षाकाे इतिहास बाेकेकाे स्थानमा शिक्षाकाे विकासमा प्रगतिशिल विचारले नेतृत्व गर्दाका बेला नै शिक्षामा अब्बल नतिजाहरु आएका छन् । क्याम्पसलाइ पढाइमा अब्बल बनाउन र आफू सफल हुन गाेरखा क्याम्पस र द्रव्यशाह क्याम्पसका विद्यार्थीलाइ कुनै राजनितिक पार्टीकाे उम्मेदवारलाइ भन्दा सरकार बाहिर रहेका विद्यार्थी सँघ सँगठनका साझा उम्मेदवारलाइ मतदान गर्नु अत्यन्तै राम्राे मात्र नभै असल विद्यार्थीकाे कर्तव्य हुने शिक्षाविद् सँजिव आचार्य बताउनुहुन्छ । मानव जीवनकाे सबै भन्दा ठूलाे साथी शिक्षा हाे, शिक्षामा असल नेतृत्व चयन गर्नुपर्ने अर्का शिक्षाविद् प्राध्यापक उद्दव सिग्देल बताउँनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here