अभिषेक तामाङ
गोरखा २७ फागुन । गोरखा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्णप्रसाद सुवेदीको कार्यकक्षमा लगाइएको ताला आइतबार खुलेको छ । नगरसभाको बिषयलाइ लिएर उपप्रमुख मसलीमाया थोकर (सपना पुन) मगरको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाईएकाे थियो ।
नगरवासी सहित स्थानीयले प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा लगाएको ताला नखोले ताला फोड्ने चेतावनी दिएपछी बिहान करिव १० बजे काग्रेस निकट नगरकार्यापालिका सदस्य अप्सरा नेपाली र वडा नम्बर ११ का वडा सदस्य रेनकुमार थापा मगरले ताला खोलेका हुन ।
फागुन २४ गते नगरसभा सम्पन्न भए लगत्तै काग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रमुख प्रशासकिय अधिकृत सुवेदीले आफुलाइ असहयोग गरेको आरोप लगाउदै कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
दैनिक सयौं नगरवासीले सेवा दिनुपर्ने प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाएपछि नगरवासीहरु तिव्र असन्तुष्टि पोख्दै आएका थिए । प्रशासनले समेत गैरकानुनी हिसावले लगाइएको ताला नखोलिए ताला फोड्ने तयारी गरेको थियो ।






