जनप्रतिनिधिले गरे के हुँदैन ? पालुङ्टारलाइ हेराैँ, चिन्तनले अघि बढाए नगरलाइ समृद्धिकाे यात्रामा

शुक्रबार, जेष्ठ ३, २०८२
0
354

गोरखा- पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन निर्वाचित भएको तिन वर्ष लाग्यो २०७४ सालमा पहिलो निर्वाचनमा पराजय व्यहोरेका उनले २०७९ को स्थानीय तह निर्वाचनमा अघिल्लो निर्वाचनमा हारको स्वाद चखाएकालाई हराउँदै निर्वाचित भए । नेकपा माओवादी केन्द्रका तत्कालीन समय प्रदेश कमिटी सदस्य रहेका उनी हाल वैकल्पिक केन्द्रीय सदस्य  हुनुहुन्छ ।

अघिल्लो कार्यकाल सिकाइ कर्मचारी अभाव तथा सुविधा सम्पन्न भौतिक पूर्वाधार विना नै केही गर्न जग खनिएको पालुङटारको मेयरमा निर्वाचित भएपछि इन्जिनियर समेत रहनु भएका दीपक बाबु कँडेलले नेतृत्व गरिरहेको नगरपालिका कसरी अघि बढाउँछ होला भन्दै धेरैले आलोचना नगरेका होइनन् । २०६८र ०६९ मा नेपाल एकमात्र रबर उद्योग गोरखकाली रबर उद्योगको केही समय नेतृत्वसमेत गरिसकेका चिन्तनले नगरपालिकालाई कसरी सञ्चालन गर्न पर्छ भन्ने थाहा पाएका थिए ।

अझ, पालुङटारका वडा न ४, ५ तथा अन्य साना तथा ठुला सडकको धेरा केरिएको भए पनि बजेट अभावका कारण कसरी व्यवस्थापन गरी काम पूरा गर्ने भन्नेमा नै अन्योल थियो । पालुङटारको मुख्य बजार मात्रै होइन । गोरखा नगरपालिकाको सिमाना रहेको वडा न १ खोप्लाङदेखि पाउरोटी भण्डार हुदैं नगरपालिकाको कार्यालयसम्म आउने मध्यपहाडी राजमार्गसमेत लामो समय अलपत्र बन्यो । २०७७ तिर ठेक्का लागेको यो सडक न त निर्माण हुने सुरु आयो न त वनको विवाद नै सल्टियो । त्यो सडक कम्तीमा पनि १० बर्षसमम्म वनको विवादमा नै अल्झियो । अझ, कोराना तथा लकडाउनले गर्दा सबै क्षेत्र अस्तव्यस्त रहेको बेलामा उनले नगरपालिकाको नेतृत्व पाएका थिए ।

२०५४ देखि नै तत्कालीन माओवादी केन्द्रका कमान्डर भएर नेतृत्व वहन गरिरहेका उनी नगरपालिकाको नेतृत्वमा भएपछि सबैभन्दा पहिला हेरे । १० वडा कार्यालय रहेको पालुङटारका धेरै सडकको डिपिआर भएको तर बजेट नपुग्ने सम्भावना धेरै देखे । अझ, पूर्वप्रधानमनत्री डा बाबुराम भट्टराईको गृह पालिकासमेत रहेको यो क्षेत्र अरूको नजरमा सबैभन्दा पहिला पर्ने पालिका हो ।
तत्कालीन नेकपा कालमा पालुङटारमा स्मार्ट सिटीको अवधारणा आयो । यो स्मार्ट सिटीका कारण झन् पालुङटार अस्तव्यस्त भयो । न त सर्ट सिटी बन्यो न त अरू केही पूर्वाधारका काम नै भयो । देशमा राजनीतिक घटनाक्रम विकास हुदैं जाँदा तत्कालीन प्रधानमन्त्री तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले यो स्मार्ट सिटी कटाइदिए । उता वडा न ७ को च्याङ्गलिमा गण्डकी प्रदेशको एक औघोगिक क्षेत्रका रूपमा निर्माण हुने चर्चा भयो । लामो समय रक्कारक्सी परेपछि त्यो योजना पनि अलपत्र भयो । नेपालका धेरै हवाई अण्डामध्ये पालुङटार विमानस्थल पनि एक हो । यो विमान स्थल पनि २०३८ साल देखि बन्द थियो । राजनीतिक रूपमा आँपपिपल अस्पताल स्थानीय तहसँग भए पनि कम बजेटका कारण राम्रोसँग सञ्चालन गर्ने चुनौती झन् धेरै थिए ।

नगरपालिकामा दूध र मासुमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा दैनिक रूपमा करिब १३०० लिटर दूध निर्यात भइरहेको छ। नगरपालिकामा ३५० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको छ भने १६० मेट्रिक टन क्षमताको अर्को कोल्डस्टोर निर्माणको अन्तिम चरणमा पुगेको छ। वैदेशिक रोजगारबाट फर्किएका युवालाई पालुङटारमै आत्मनिर्भर बनाउने लक्ष्यसहित सुरक्षित र मर्यादित पुनः स्थापना कसरी गर्ने भन्ने विषयमा अभियान सञ्चालन गरिएको छ, जुन सुरक्षित आप्रवासन कार्यक्रममार्फत लागु गरिएको हो।

पालुङटारमा हाल ६२० किलोमिटर सडक रहेको छ। मेयर विवस चिन्तनको कार्यकालमा करिब ३१ किलोमिटर सडक पिच गरिएको छ भने ४ किलोमिटर सडक ढलान गरिएको र करिब १४ किलोमिटर सडकको मर्मत तथा स्तरोन्नति गरिएको छ। बाँकी रहेका कच्ची सडकहरूमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा ढलान, पिच र स्तरोन्नतिको काम भइरहेको छ।

प्रदेश सरकारले आँपिपल अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेपछि सो अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ र हाल सोही सरकारको व्यवस्थापनमा सञ्चालनमा रहेको छ। सामुदायिक विद्यालयमा चार वटा विद्यालयमा स्कुल बस सञ्चालनमा ल्याइएको छ। स्मार्ट तथा नमुना विद्यालयमा स्टाफ नर्सको व्यवस्था गरिएको छ। वडा नम्बर २ र ३ मा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेर नगरवासीलाई स्थानीय स्वास्थ्य सेवा पहुँचमा पुर्‍याउने प्रयास गरिएको छ।
नगरप्रमुखको पहलमा ‘प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम’ र नगर उपप्रमुखको संयोजनमा ‘अभिभावकविहीन तथा अति विपन्न विद्यार्थी सहायता कार्यक्रम’ सञ्चालन गरिएको छ, जसअन्तर्गत हालसम्म १२१ जना विद्यार्थी लाभान्वित भएका छन्। नगरस्तरीय महिला सञ्जालमार्फत महिलाहरूलाई उद्यमशील बनाउन विभिन्न सिपमूलक तालिमहरू जस्तै टुना टपरी बनाउने, साबुन बनाउने, महिला नौमती बाजा सञ्चालन, अटो सवारी तालिमलगायतका कार्यक्रम सञ्चालन गरिएका छन्।

हालै देशभर चर्चामा रहेको सहकारी संकटसँगै पालुङटार नगरपालिकामा दर्ता भई सञ्चालनमा रहेका ५८ मध्ये १० वटा सहकारीको दर्ता खारेज गरिएको छ। विभिन्न सहकारीमा ठुलो रकम हिनामिना भएको गुनासो र सूचना प्राप्त भएपछि नगरपालिकाले सहकारी अध्ययन समिति गठन गरेको छ, र हाल सो समिति सक्रिय रूपमा अनुसन्धान कार्यमा जुटिरहेको छ।

शिक्षामा ठुलो लगानी भए तापनि अपेक्षित नतिजा नआएपछि नगर शिक्षा समितिको सिफारिसमा अध्ययन कार्यदल गठन गरिएको छ। सो कार्यदलको प्रतिवेदनका आधारमा विभिन्न विद्यालयहरूको गाभजोड तथा दरबन्दी मिलानको कार्य अघि बढाइएको छ। यसबाट आगामी दिनमा विद्यालय शिक्षाको गुणस्तरमा सुधार आउने विश्वास लिइएको छ।

नगरपालिकामा हालसम्म २२०० भन्दा बढी किसान सूचीकृत भइसकेका छन् र किसानहरूको यकिन तथ्याङ्क संकलनको कार्य भइरहेको छ। यसले वास्तविक किसानको पहिचान गर्न सहज हुने र अनुदान प्रणालीलाई पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

सामाजिक सुरक्षा भत्ता प्रत्येक टोलमै पुग्ने व्यवस्था मिलाइएको छ। ज्येष्ठ नागरिक लक्षित कार्यक्रमअन्तर्गत पाँच वर्षे सामुदायिक सुधार कार्यक्रम सञ्चालन गरिएको छ, जसले नागरिकको जीवनस्तर सुधारमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यिनै विवाद र चर्चाकाबीच २०६९ ज्येष्ठ ९ गते नगरपालिकाको नेतृत्व लिएका उनले अहिले जनताले देखिने गरी धेरै नै विकासका कामहरू भएको तर्क गर्छन् । पालुङटार विमानस्थल, मध्यपहाडी राजमार्ग, पालुङटारका भित्री तथा साना सडक, विभिन्न वडा कार्यालयदेखि अन्य अलपत्र । बजेट अभावका निर्माण हुने नसकेका धेरै योजना क्रमिक रूपमा निर्माण गर्ने र स्तरोन्नति भइरहेको उनको तर्क छ । मेयर चिन्तन, पालुङटारवासीकाे सपना साकार पार्न चाैविसै घण्टा नागरिकहरुकाे सेवामा खटिएका छन् । आफुले देखेकाे समृद्ध पालुङटार निर्माणकाे द्रुत गतिमा रहेकाे उहाँकाे भनाइ छ । मेयर चिन्तनकाे व्यवहारीक र वैज्ञानिक याेजनाहरु देखेर यहाँका मतदाताहरु समेत दङ्ग परेका छन् ।  जनप्रतिनिधिले गरे के हुँदैन ? पालुङटार गएर प्रत्यक्ष हेर्न विकासप्रेमीहरुले सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here