स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण

बुधबार, असार १०, २०८३
0
7
गाेरखा । धार्चे गाउँपालिकाले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ। सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा छात्रवृत्ति छनोट एवं सिफारिस समितिका संयोजक श्री लक्ष्मण गुरुङज्यूको अध्यक्षतामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा उपाध्यक्ष श्री सुनिला गुरुङज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री बुद्धिराम बस्नेतज्यू, लगायत पदाधिकारी, कर्मचारीहरूको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हो।
उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरूलाई आर्थिक रूपमा सहयोग पुर्याई शैक्षिक अवसरलाई थप सहज, समावेशी र पहुँचयोग्य बनाउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको थियो।
कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई तथा सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here