आरुघाटका २९ महिला समूहलाई सम्भव नेपालको सहयोग

-

     मनासलु     
     श्रावण ४ गते २०८३ मा प्रकाशित

गोरखा, ४ साउन । सम्भव नेपालले गोरखाको आरुघाट गाउँपालिकाका २९ वटा महिला समूहलाई संस्थागत क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

गाउँबस्तीमा क्रियाशील महिला समूहहरूलाई सामाजिक, आर्थिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज बनाउने लक्ष्यका साथ सम्भव नेपालले सहयोगी सामग्री उपलब्ध गराएको हो। संस्थापक प्रेम खत्रीको नेतृत्वमा सञ्चालन भइरहेको संस्थाले महिला समूहहरूको माग र आवश्यकतालाई आधार बनाएर सामग्री वितरण गरेको जनाएको छ।

आरुघाट बजारमा आयोजित कार्यक्रममा सम्भव नेपालको आर्थिक सहयोग तथा एस दी हिमालयको सहकार्यमा सामग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक उत्तम अधिकारीले जानकारी दिए। उनका अनुसार महिला समूहहरूको आवश्यकता र प्राथमिकताअनुसार टेण्ट, कुर्सी, टेबल, सामूहिक भोजका लागि आवश्यक भाँडाकुँडा, साउन्ड सिस्टमलगायतका सामग्री प्रदान गरिएको हो।

अधिकारीले महिला समूहहरूले लामो समयदेखि माग गर्दै आएका सामग्रीहरू संकलन गरी वितरण गरिएको बताए। उनका अनुसार यी सामग्रीले महिला समूहहरूलाई सभा, गोष्ठी, तालिम, सांस्कृतिक कार्यक्रम, सामूहिक भोज, सीप विकास तथा आयआर्जनमूलक गतिविधि आफ्नै स्रोत–साधनबाट सञ्चालन गर्न सहज बनाउने विश्वास गरिएको छ। यसबाट समूहहरूको संस्थागत क्षमता थप मजबुत हुनुका साथै आर्थिक रूपमा पनि आत्मनिर्भर बन्ने आधार तयार हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले महिला सशक्तीकरणलाई दिगो विकासको प्रमुख आधारका रूपमा व्याख्या गर्दै स्थानीय महिला समूहहरूलाई सुदृढ बनाउन गैरसरकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले सम्भव नेपालले समुदायको वास्तविक आवश्यकतालाई पहिचान गरी सहयोग पुर्‍याएको भन्दै संस्थाको योगदानको प्रशंसा गरे। यस्ता कार्यक्रमले महिलाहरूको नेतृत्व विकास, सामूहिक सहभागिता र स्थानीय विकासमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।

सम्भव नेपालका संस्थापक प्रेम खत्रीले प्रतिनिधिसभा निर्वाचनका क्रममा मतदातासमक्ष व्यक्त गरेका प्रतिबद्धताअनुसार सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइएको बताए। निर्वाचनमा विजयी हुन नसके पनि जनतासँग गरेका वाचा व्यवहारमै कार्यान्वयन गर्ने अभियानअन्तर्गत महिला समूहलाई आवश्यक सामग्री वितरण गरिएको उनले उल्लेख गरे।

यसअघि करिब एक महिनाअघि पनि सम्भव नेपालले चुमनुब्री गाउँपालिकाका १४ वटा महिला समूहलाई यस्तै प्रकारका सशक्तीकरण सामग्री उपलब्ध गराएको थियो। आगामी दिनमा पनि समुदायको आवश्यकता पहिचान गरी शिक्षा, स्वास्थ्य, कृषि, महिला सशक्तीकरण, स्वरोजगार तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने संस्थाले जनाएको छ।

डेढ दशकभन्दा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय सम्भव नेपालले शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, स्वरोजगार प्रवर्द्धन तथा महिला सशक्तीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले स्थानीय समुदायको सहभागितामा विकास र आत्मनिर्भरतामूलक अभियानलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको जनाएको छ।

आरुघाटका २९ महिला समूहलाई सम्भव नेपालको सहयोग, संस्थागत सशक्तीकरणमा टेवा

गोरखा, २० साउन । सम्भव नेपालले गोरखाको आरुघाट गाउँपालिकाका २९ वटा महिला समूहलाई संस्थागत क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न आवश्यक सामग्री हस्तान्तरण गरेको छ।